राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो ।

राप्रपाको यो र्‍याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो । र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागि भएका थिए । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।

पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS