काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद विघटनविरुद्ध हुने आन्दोलनलाई समर्थन गर्ने भएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीले शनिबार वक्तव्य जारी गर्दै संसद विघटनविरुद्ध हुने आन्दोलनमा राजावादी बाहेक अरुसँग संयुक्त वा कार्यगत एकता/सहकार्य गर्ने बताएका हुन् ।

राजमोले संसद विघटनलाई असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी नीति भनेको छ र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।

 

तर उसले संसद विघटन र नेकपा विभाजनको असर प्रदेश सरकारहरुमा पर्न नहुनेमा जोड दिएको छ । यसले थप राजनीतिक अस्थिरता पैदा गर्ने राजमोको निष्कर्ष छ ।

यदि नेकपा विभाजनको असर प्रदेश सरकारमा परेमा संसद विघटनको विरोधमा रहने समूहलाई समर्थन गर्ने समेत राष्ट्रिय जनमोर्चाले बताएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS