हुम्लाका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
लामाले शनिबार एक विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गरी ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका छन् ।

उनले आफू ओली पक्षमा लागेको भन्ने बाहिरी हल्लाका पछि नलाग्न र भ्रममा नपर्न सवै पार्टी नेता कार्यकर्ता र हुम्लावासीलाई आग्रह गरेका छन् ।

उनले सवैलाई प्रचण्ड नेपालको मुल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकताबद्ध भएर बस्न अनुरोध समेत गर्दै ‘म हुम्ली जनताको सेवामा निरन्तर रुपमा लागि रहने प्रतिवद्धता व्यक्त गर्दछुु’, भनेका छन् । लामाले गत २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS