काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन गरेपछि आह्वान गरेपछि संसद सचिवालयको अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

राष्ट्रपति भण्डारीले नेपालको स‌ंविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान गरेकी थिइन् ।

संसद सचिवालयले सोही समयमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा राष्ट्रियसभामा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेको हो ।

मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै विघटन गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS