काठमाडौं । ससद विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड नेपाल) निकट युवा र विद्यार्थी संगठनले भक्तपुरमा मसाल जुलुस निकालेका छन् ।

बाराहीस्थानबाट निकालेको मसाल जुलुस राममन्दिर हुँद नेकपाको पार्टी कार्यालय अगाडि पुगेर समापन गरिएको थियो । सो कार्यक्रमा युवा सघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा, युवा संघका नेता दिपक थापा, भक्तपुरका अध्यक्ष दिनेश थपलियालगायतले सम्बोधन गरेका थिए ।

यता यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशभर खटिएका छन् ।

नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS