काठमाडौं । पूर्व सभामुख तथा नेकपाका स्थायी समिति सदस्य कृष्ण बहादुर महराले केपी ओलीले गणतन्त्रमाथि ‘कू’ गरी शाही ओलीतन्त्र चलाउन खोजेको आरोप लगाएका छन् । प्यूठान विजुवारमा भएको नेकपाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा महराले यस्तो आरोप लगाएका हुन् ।

उनले संसद पुनःस्थापना हुने र प्रचण्ड र माधव नेपाल समूहको पार्टीले नै निर्वाचन आयोगबाट आधिकारिकता पाउने प्रष्ट पारे ।

भेलामा नेकपाका केन्द्रीय सदस्य रेखा शर्मा, कृष्णध्वज खड्का, भोजविक्रम बुढामगर र प्रदेश समितिका नारायण प्रसाद अधिकारी, धन बहादुर रायमाझीले असंबैधानिक कदमको बिरुद्ध एक जुट हुन अपिल गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS