मुम्बई । ‘बिग बोस ११’ प्रतियोगी तथा अभिनेत्री हिना खान अक्सर आफ्नो तस्बिरका कारणले सामाजिक सञ्जालमा चर्चामा छाउने गर्दछिन् । हालै पनि उनले इस्टाग्राममा केही तस्बिर शेयर गरेकी छन् । जसमा उनलाई कालो कलरको बिकनीमा देख्न सकिन्छ । बिकनीका साथ उनले फ्लोरल पिन्ट आइटफिट समेत प्रयोग गरेकी छन् ।

समुन्द्रको किनारामा बसेर उनले निकै हट एण्ड कामुक पोजमा केही तस्बिर खिचाएकी छन् । सो क्रममा उनले ट्याट र शेड्स समेत लगाएको देख्न सकिन्छ । हिनाका तस्बिर फ्यानले निकै मन पराएका छन् । कामको कुरो गर्ने हो भने उनी सिद्धार्थ शुक्ला र गौहर खानका साथ ‘बिग बोस १४’ मा सिनियर प्रतियोगीको रुपमा देखिएकी थिइन् । हालै उनको फिल्म ‘विशलिस्ट’को ट्रेलर समेत रिलिज भएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS