Breet Lee

अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्रेट ली नेपाल आएका छन्। उनी नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) का महाप्रवन्धक बृतान्त खनालले जनाएका छन्। ब्रेट ली आगामी असोजमा हुने नेपाल टी-२० लिगको कार्यक्रमका लागि नेपाल आएको बुझिएको छ। लिगले उनीसहितको पत्रकार सम्मेलन केही दिनमा आयोजना गर्नेछ।

लीले अस्ट्रेलियाका लागि टेस्ट, टी-२० र एकदिवसीय खेल खेलेका थिए। आफ्नो अन्तर्राष्ट्रिय करिअरको दौरान लीलाई विश्वको सबैभन्दा छिटो गतिमा बलिङ गर्ने बलरको रूपमा चिनिन्छ। उनी एक उत्कृष्ट फिल्डर र तल्लो क्रमका उपयोगी ब्याट्सम्यान थिए। लीले आफ्नो टेस्ट करिअरमा ३१० विकेट र एकदिवसीय अन्तर्राष्ट्रियमा ३८० विकेट लिएका थिए।

लीले सन् २००३ को विश्वकप जितेको अस्ट्रेलियाली टोलीबाट खेलेका थिए। उनले १९९९ मा आफ्नो पहिलो टेस्ट खेलेका उनले १२ जुलाई २०१२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।

उनले आइपिएल क्रिकेट पनि खेलेका थिए। जनवरी २०१५ मा लीले बिग ब्यास लिग सिजनको अन्त्यमा सबै प्रकारका खेलबाट संन्यासको घोषणा गरे। त्यसपछि उनले चलचित्र अभिनेता र फक्स स्पोर्ट्समा कमेन्टेटरको रूपमा काम गरेका थिए।

तपाईको प्रतिक्रिया

RELATED POSTS