साउदी अरबका युवराज बिन–सलमानले भ्याक्सिन लगाएको तस्बिर र भिडियो सार्वजनिक भएपछि पछिल्लो केही घण्टामा कोभिड भ्याक्सिनका लागि रजिस्टर गर्ने व्यक्तिको संख्या पाँच गुणा बढेको स्वास्थ्यमन्त्री डाकटर तौफिक अल–रबिआले बताएका छन् ।

साउदी अरबमा राष्ट्रिय स्तरमा खोप अभियान जारी भएपछि गत बिहिबारसम्म पाँच लाख मानिसहरुले भ्याक्सिनका लागि रजिस्टर गरेका थिए ।

साउदी अरबका स्वास्थ्य मन्त्रीले ट्वीट गर्दै यसबारे जानकारी दिँदै भने, ‘युवराजले कोभिड भ्याक्सिनको पहिलो डोज लगाएको खबर सार्वजनिक भएपछि रजिस्ट्रेशन दर पाँच गुणा बढेको छ । यस्ता केही घण्टाभित्रै भयो । भ्याक्सिन लगाउनेको संख्या पनि तीन गुणा बढेको छ । हामी युवराजको यो प्रभावकारी पहलका लागि आभारी छु ।’

स्वास्थ्यमन्त्रीले भ्याक्सिन लगाउनेको संख्या पनि तीन गुणा बढेको जानकारी दिए ।

हालसम्म १० हजार मानिसलाई भ्याक्सिन दिइसकिएको छ ।

यसैबीच देशमा कोरोनाभाइरसको मामिलामा पनि गिरावट आएको छ र नयाँ भेरियन्ट देखिएको छैन ।

तर प्रिभेन्टिभ मेडिसिनका सहायक उप–मन्त्री डाक्टर अब्दुल्लाह आसिरीले भाइरस एक ठूलो खतरा भएको चेतावनी दिएका छन् ।

उनले भने, ‘हामीलाई यो थाहा छ कि म्युटेशनले भाइरसको व्यवहार परिवर्तन भएको छैन न नै मानिसहरुलाई संक्रमित गर्ने क्षमता नै ।’

डाक्टर आसिरीका अनुसार म्युटेशनयुक्त भाइरसले कोरोनाभाइरसको दोस्रो स्ट्रेनले बढी खतरा छैन ।

यदि म्युटेशन नहुने हो भने सायदै भाइरसले एक व्यक्तिलाई पुनः संक्रमित गर्ला किनभने संक्रमणपछि बनेको एन्टीबडीले चार–पाँच महिनासम्म सुरक्षित गर्छ ।

जेद्दाखमा स्वास्थ्यकर्मीले भ्याक्सिन पाउन थालेका छन् । योजनाका अनुसार पहिलो चरणमा फ्रन्टलाइन कर्मचारीमा केन्द्रीत गरिन्छ ।

देशमा हरेक दिन कोरोनाका २ सयको हाराहारीमा संक्रमित भेटिएका छन् । शनिबार १ सय ६३ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म कूल ३ लाख ६२ हजार ६६ संक्रमित भेटिइसकेका छन् ।

हालसम्म ३ लाख ५३ हजार ४ जना ठिक भइसकेका छन् । यहाँको रिकभरी रेट ९७.४९ प्रतिशत छ । देशमा कोरोनाका कारण ६,१७६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS