हालै बीबीसीको एक डकुमेन्ट्री ‘डेथ इन बलिउड’ रिलिज भएको छ । यो डकुमेन्ट्रीमा नायिका जिया खानको आत्महत्यासँग सम्बन्धित थुप्रै कुरा सार्वजनिक भएका छन् । डकुमेन्ट्रीमा बलिउडका केही वास्तविकता पनि सार्वजनिक भइरहेका छन् । जिया खानकी बहिनी करिश्माले यो डकुमेन्ट्रीमा निर्देशक साजिद खानमाथि कास्टिङ काउच र यौन उत्पीडन गरेको सनसनीपूर्ण आरोप लगाएकी छिन् । यी आरोपका बीच अब नायिका शर्लिन चोपडाले पनि साजिद खानबारे यस्तै खुलासा गरेकी छिन् ।

‘साजिद खानले आफ्नो यौनाङ्ग निकाले र…’

बलिउड फिल्मपछि प्लेबोय म्यागजिनका लागि नग्न फोटोसुट गराइसकेकी नायिका शर्लिन चोपडाले साजिद खानसँगको आफ्नो अनुभव ट्वीटरमा सेयर गरेकी छिन् । शर्लिनले लेखेकी छिन्, ‘जब म आफ्ना पिताको निधन भएको केही दिनपछि अप्रिल २००५ मा उनलाई (साजिद) भेट्न गएँ तब उनले मलाई केटाहरुको यौनाङ्ग कस्तो हुन्छ थाहा छ भनेर सोधेका थिए र मैले उनलाई मैले भेट्नुको उद्देश्य उनको यौनाङ्ग समात्नु नभएको बताएको थिएँ ।’

जिया खानको बहिनीको आरोपः

जिया खानको जीवनमा बनेको डकुमेन्ट्री ‘डेथ इन बलिउड’ बीबीसीमा रिलिज भएको छ । यो डकुमेन्ट्रीको दोस्रो एपिसोडमा करिश्माले कुराकानीको क्रममा भनिन्, ‘रिहर्सलको समय थियो । जिया स्क्रिप्ट पढिरहेकी थिइन् र त्यति नै बेला साजिद खानले उनलाई टप र ब्रा फुकाल्न भने । के गर्ने भनेर उनले केही बुझ्न नै सकिनन् । उनी घर आएर खुबै रोइन् । उनले आफू फिल्मसँग कन्ट्र्याक्टमा भएकोले फिल्म छोडे उनीहरुले यसविरुद्ध मुद्दा दर्ता गरिदिने र बदनाम गरिदिने भनेर रोइरहेकी थिइन् । फिल्ममा अनुबन्ध भइरहे आफ्नो शोषण हुने कुराले उनलाई पिरोलिरहेको थियो । उनी हरेक स्थितीमा केही गुमाउने स्थितीमा थिइन् । पछि उनले उक्त फिल्ममा अभिनय गरिन् ।’

 

तपाईको प्रतिक्रिया

RELATED POSTS