मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफन्त तथा साथिभाईबाट सुनिने दुखित समाचारले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद हुनसक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ । शुभ मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिईने हुनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ । छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेकोछ । सुझबुझ तथा लगनशिलताले समय फलदायि बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ । समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । आत्मविश्वास र पराक्रममा वृद्धि हुनाले राम्र काम गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारबाट मनग्गे फाइदा लिन सकिनेछ । शत्रुलाई परास्त गर्न सकिनेछ भने प्रतिस्पर्धीहरुले साथ दिनेछन् । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सरकारि कामकाजमा ढिला सुस्ति हुने योग रहेकोछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नुहुँदा दैनिकि प्रभावित हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्तहरु टाडिने तथा पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुनाले मन खुसि हुनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुनाले काम गर्न जागर बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि साझपख प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यावसायमा मनमुटाब सिर्जना भई साझेदारहरु बीच फाटो हुन सक्छ ध्यान दिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगिनै बिभिन्न कारणले यात्रा स्थगित गर्नुपर्ने हुन सक्छ । आफन्त तथा परिवारमा कामको तालमेल नमिल्दा मनमुटाव हुनेछ भने कस्ले के गर्ने भन्ने बिवाद सिर्जना हुनेछ । खानपान तथा बाताबरणको ध्यान नदिय स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ । भौतिक साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईको बिपक्षमा आउने हुनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुनु होला । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइ गति तिब्र अगाडि बढ्नेछ भने बौद्धिक कार्यमा सहभागि भई उत्कृष्ट प्रश्तुति दिई भनेजस्तो पारिश्रमिक हात लगाउन सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । समुदायको हितमा काम गरि नाम कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS