लोकगायक पशुपति शर्माले कोरोना महामारीका कारण मेला–महोत्सव तथा स्टेज कार्यक्रम ठप्प भएपछि गीत सिर्जनामा पनि जोश नआएको बताएका छन् । ‘केही गीतहरु त ल्याइरहेको छु’, शर्माले अनलाइनखबरसँग कुरा गर्दै भने–‘तर सांगीतिक कार्यक्रमहरु नभएपछि सिर्जनामा जाँगर मर्दोरहेछ ।’

हिजोआज पनि धेरैले गीत सिर्जनाका लागि आग्रह गर्ने गरेको तर आफूलाई पहिलेजस्तो जाँगर नचलेको पशुपतिले बताए । कोरोना भाइरसका कारण सांगीतिक क्षेत्रमा पनि ठूलो असर परेको उनको भनाई छ । पशुपतिले स्टेज कार्यक्रमबाट नै जीवन पाल्दै आएका सर्जकलाई कोरोनाले बढी मारमा पारेको बताए ।

 

संसद् विघटन गरेसँगै गायक पशुपतिले ‘कठै मेरो देश’ बोलको समसामयिक गीत सार्वजनिक गरेका थिए । यस्तै, उनले केही समय अगाडि कोरोना भाइरस सम्बन्धी ‘म मरे भने’ बोलको सन्देशमूलक गीत ल्याएका थिए ।

स्टेज कार्यक्रममा पशुपति शर्मा अत्याधिक व्यस्त हुने गायक हुन् । कोरोनाका कारण स्टेज कार्यक्रम बन्द भएपछि धेरै लोकदोहोरी गायक–गायिकाले बैकल्पिक पेशा पनि अपनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS