काठमाडौं । अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगको लागि अनुमति दिने निर्णय गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै डब्ल्यूएचओले कोरोनाविरुद्धको पहिलो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको बताएको हो ।

डब्ल्यूएचओले आपतकालीत प्रयोगको लागि अनुमति दिएसँगै विश्वका मुलुकहरुलाई फाइजरको खोपलाई अनुमति दिने प्रक्रियामा तीव्रता बढाउन सहयोग बढाएको छ । डब्ल्यूएचओले आवश्यक परेका मुलुकमा विभिन्न संस्थाहरुलाई खोप उपलब्ध गराउन पनि बाटो खुलेको बताएको छ ।

यो अनुमतिले विश्वमा कोरोना महामारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने डब्ल्यूएचओको विश्वास छ । डब्ल्यूएचओले अनुमछित दिनुभन्दा पहिला नै विश्वका धेरै मुलुकहरुले फाइजरको खोपलाई अनुमति दिँदै कोरोना खोप कार्यक्रम सुरु गरिसकेका छन् । तर, फाइजरको खोप अन्य कोरोना खोपको तुलनामा महँगो हुने र यसलाई भण्डारण गरेर राख्न पनि कठिन हुने भएकाले कम विकसित मुलुकले यो खोप किन्न नसक्ने आशंका पनि जनाएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS