गाडीबाट उत्रेरसमेत हेरेनन्, भन्छन् ‘केही नभएको भएर ढुक्क भएर हिँडे’

सर्लाहीको हरिवनमा शहरी विकासमन्त्री प्रभु साह सवार गाडी पैदलयात्रुलाई ठक्कर दिएर फरार भएको छ । साह सवार ना १ झ ३८४२ नम्बरको झण्डावाल गाडीको ठक्करबाट लालबन्दी घर भएका फुच्चे तामाङ घाइते भएका छन् ।

लालबन्दी–८ चन्द्रपुर बस्ने ३५ वर्षीय तामाङको खुट्टा र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डिएसपी) मदन कुँवरले रातोपाटीलाई बताए । उनका अनुसार मन्त्री साह रौतहटबाट महोत्तरीतर्फ जाँदै गर्दा सो दुर्घटना भएको हो । घाइतेको स्वाभिमान अस्पतालमा उपचार हुँदैछ ।

तर मन्त्री साहको दाबी भने अर्कै छ । उनका अनुसार ती पैदलयात्री ‘झुक्किएर’ लडेका हुन् । ती ‘झुक्किएर’ लडेका ती व्यक्तिलाई केही नभएको सुनिश्चित भएपछि आफूहरु त्यहाँबाट हिँडेको र मिडियाले सो विषयलाई अतिरञ्जित बनाएको उनको दाबी छ । उनले आफ्नो सवारीलाई सुरक्षा दिनु साटो गलत सूचना प्रवाह गरेकोमा प्रहरीको समेत आलोचना गरेका छन् ।

हेर्नुहोस् साहको फेसबुक स्टाटस

 

 

यद्यपि, साहले दाबी गरेजस्तै सो घटनामा न उनको गाडीबाट पैदलयात्री ‘झुक्किएर लडेका’ हुन् न त उनलाई केही नभएको हो । दुर्घटनाको सीसीटीभी भिडियोमा हेर्दा पैदलयात्रीलाई मन्त्रीको गाडीले सामान्य ठक्कर मात्र दिएको देखिँदैन । ठक्करपछि ती पैदलयात्री केही टाढासम्म हुत्तिएको प्रष्ट देख्छि । प्रहरीका अनुसार पनि मन्त्रीको गाडीबाट ठक्कर दिएका व्यक्ति घाइते छन् र उनको अस्पतालमा उपचार भएको छ ।

त्यस्तै, मन्त्री साहले आफूहरुले घाइतेको अवस्था बुझेर सामान्य पाएपछि अघि बढेको दाबी गरेका छन् । तर, भिडियोमा दुर्घटनापछि कोही पनि गाडीमा उत्रेर घाइते पैदलयात्रीसँग सोधपुछ गरेको देखिँदैन । बरु भिड जम्मा हुन थालेपछि मन्त्रीको गाडी त्यहाँबाट तीव्र गतिमा भागेको देखिन्छ ।

हेनुहोस् भिडियोः

 

सौजन्य : @Hariw0n

तपाईको प्रतिक्रिया

RELATED POSTS