अनिल कपुर हालै करिना कपुरको च्याट शो ‘ह्वाट वुमन वान्ट’ मा विशेष अतिथि बनेर पुगेका थिए । यस दौरान करिनाले अनिलसँग बलिउडमा अभिनेता र अभिनेत्रीबीचको पारश्रमिकको भिन्नताको बारेमा प्रश्न गरेकी थिइन् । उनले अनिलसँग हलिउडमा अभिनेताहरु अभिनेत्रीहरुले पनि समान पारिश्रमिक पाउन् भनेर समर्थन गर्ने गरेको सुनाउँदै के बलिउडका पुरुष कलाकारहरुले पनि त्यस्तै गर्न पर्छ कि पर्दैन भनेर पनि प्रश्न गरेकी थिइन् ।

करिनाको यस प्रश्नमा अनिलले जवाफ दिँदै भने, ‘तिमीले एउटा चलचित्रमा मभन्दा धेरै पारिश्रमिक लिएकी थियौ ।’ जवाफमा करिनाले भनिन्, ‘हामी त्यो ‘ब्यारियर’लाई तोडिरहेका छौँ । तर अझै पनि धेरै महिला कलाकारहरुले त्यस्तो पारिश्रमिक पाउँदैनन् ।’

अनिलले यसबारे थप प्रष्ट पार्दै फिल्म ‘वीरे दी वेडिङ’मा निर्माताहरुले उनलाई बोलाएर करिनासँग भइरहेको छलफलको बारेमा बताएको खुलासा गरे थिए । त्यतिबेला निर्माताहरुले उनलाई करिनाले चलचित्रको हिरोभन्दा बढी रकम माग गरिरहेको सुनाएका थिए । त्यतिबेला आफूले करिनालाई उनले मागे जति रकम दिन भनेको स्पष्ट पारे । अनिल पनि यस फिल्मको निर्माताहरु मध्ये एक थिए ।

अनिलले एक चलचित्रमा आफूलाई चलचित्रको हिरोइनभन्दा कम पैसा मिलेको बताउँदै आफूले उक्त चलचित्रमा खुसी–खुसी काम गरेको पनि बताए ।

अनिल र करिनाले चलचित्र बेवफा र टशनमा सँगै काम गरिसकेका छन् । अब उनीहरु करण जोहरको नयाँ चलचित्र ‘तख्त’ मा देखिदैछन् ।

दैनिक भास्कर

तपाईको प्रतिक्रिया

RELATED POSTS