अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको कारोनाविरुद्धको खोपको पाँच व्यक्तिमा गम्भीर साइड इफेक्ट देखिएको छ । फिनल्याण्डको मेडिसिन एजेन्सीले यसबारे जानकारी दिएको हो । दुई दिनअघि मात्र फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो ।

फिनल्याण्डको वाईएलई ब्रोडकास्टरको खबर अनुसार २७ डिसेम्बरबाट युरोपेली मुलुकमा व्यापक खोप कार्यक्रम शुरु गरिएको थियो । युरोपले फाइजरको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याउडको चिफ फिजिसियन मैया कौकोनेंका अनुसार हालसम्म पाँच जना व्यक्तिमा खोपको साइड इफेक्ट देखिएको छ । उनको बारे विस्तृत विवरण गोप्य राखिएको छ । उनका अनुसार चाँडै नै साइड इफेक्टबारे जानकारी वेबसाइटमा पनि राखिएको छ । उनले साइड इफेक्ट थप बढ्न सक्ने बताइन् ।

विश्वमा हालसम्म ८.४४ करोडभन्दा बढी संक्रमित भइसकेका छन् । यसमध्ये ८ करोड ९८ लाखभन्दा बढी निको भइसकेका छन् भने १८ लाख ३७ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

दैनिक भास्कर

तपाईको प्रतिक्रिया

RELATED POSTS