विवाहमा आएका पाहुनाहरुले राम्रा उपहार नदिएको भनेर कुनै बेहुलीले बिहे नै अस्विकार गरेको कहिल्यै सुन्नुभएको छ ? सायद यस्तो कल्पना पनि गर्न सकिँदैन ।

तर क्यानडामा हालै यस्तै एउटा घटना भएको छ । सुसेन नामकी ती युवतीले आफुलाई मनपर्ने गिफ्ट कोहीपनि पाहुनाले नल्याइदिएको झोँकमा बिहे नै रद्द भएको घोषणा गरिन् । सुसेनकी भतिजीले सोसल मिडियामा उक्त कुराको जानकारी दिएकी छिन् । त्यो सँगै यो खबर भाइरल बनेको छ ।

वास्तवमा आफ्नो बिहेमा आउने पाहुनाहरुले उपहारको रुपमा नगद देउन् भन्ने उनी चाहन्थिन् । तर जब बिहे समारोहमा आएका साथी तथा अन्य पाहुनाहरुले उनलाई उपहारमा नगद दिन इन्कार गरे तर उनले आफ्नो बिहे नै रद्द गरिदिइन् ।

सुसेनलाई आफ्नो बिहेका लागि ६० हजार क्यानेडियन डलर चाहिएको थियो । त्यसैले बिहेमा आउने पाहुनाहरुले आफुलाई गिफ्टको रुपमा कुनै जिन्सी सामानको साटो नगद नै दिन उनले आग्रह गरेकी थिइन् । यसो हुँदा आफ्नो बिहे खर्च उठ्ने उनको अनुमान थियो । तर त्यस्तो भएन । किनकी पाहुनाहरुले उनलाई गिफ्टको रुपमा नगद दिएनन् ।

विवाह रद्द भएसँगै सुसेनका प्रेमी अर्थात् हुन नसकेका बेहुला पनि यस बारेमा बोलेका छन् । सुसेन र ती युवकले समेत बिहे रद्द हुनुमा पाहुना तथा आफन्तहरु दोषी भएको जिकिर गरेका छन् । बिहे रद्दपछि उनले सोसल मिडियामा एक चिठी लेखेकी छिन् । जसमा उनले आफ्नो प्रेम कहानी समेत उल्लेख गरेकी छिन् ।

प्रेमीसँग १४ वर्षको उमेरमा भेट भएर प्रेम बसेको, १८ वर्षको उमेरमा इन्गेजमेन्ट गरेको, २० वर्षको उमेरमा बच्चा जन्माएको उनले खुलासा गरेकी छिन् । अहिले प्रेमीसँग धुमधामपूर्वक बिहे गर्ने योजना बनाएकी सुसेनले नगद उपहार नदिने आफन्त तथा पाहुनाहरुकै कारण बिहे खर्च जुटाउन नसकेको र बिहे रद्द गर्नु परेको बताएकी छिन् । एजेन्सी

तपाईको प्रतिक्रिया

RELATED POSTS