कञ्चनपुर । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भारतीय एसएसबीले गोली चलाउँदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकारीले जानकारी दिए ।

घुँडामुनि गोली लागेको सुनारको अवस्था खतरामुक्त छ । उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भारतीय बजार गडीगोठबाट फर्किंदै गर्दा जंगल क्षेत्रमा आफूमाथि गोली प्रहार भएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS