एजेन्सी । अलिबाबा कम्पनीका संस्थापक ज्याक मा पछिल्ला दुुई महिनादेखि सार्वजनिक कार्यक्रममा उपस्थित छैनन् । सामाजिक सञ्जालमा उनको विषयमा अनेक अड्कल हुन थालेको छ । एक टिभी शोमा उनी जजका रुपमा सहभागी हुने कार्यक्रम थियो, तर यसमा पनि नदेखिएपछि उनीबारे ठूलो चर्चा भएको हो ।

द हिन्दूमा छापिएको समाचारअनुसार सांघाईमा गत अक्टुबरको अन्त्यमा एक फोरममा सहभागी भएयता ज्याक मा सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । त्यस फोरममा बोल्दै ज्याक माले चीनको नियामक प्रणालीबारे प्रश्न उठाएका थिए । यसकारण, उनीसँग चिनियाँ अधिकारीहरु रुष्ट बनेका थिए । उनलाई अलि बाबाकै एन्टी संस्था फिनटेक आर्मको ३७ अरब डलरको आईपिओ शेयरबाट पनि निलम्बन गरिएको थियो ।

द फाइनान्सियल टाइम्समा प्रकाशित समाचार अनुसार ज्याकलाई ‘अफ्रिकाज बिजनेश हिरोज’ नामको गेम शोमा गत नोभेम्बरमा जजका रुपमा निम्त्याइएको थियो, तर पछि उनको सट्टा अरुलाई नै राखियो । अलिबाबाका प्रवक्ताले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘ज्याकको सेड्युलका कारण उनको साटो अरुलाई नै बोलाइयो ।’ यद्यपि यसबारे थप प्रतिक्रिया दिन प्रवक्ता तयार भएनन् । चिनियाँ नियामकहरुले अक्टुबरमा उनले दिएको भाषणपछि ज्याकको कारोबारे प्रश्न उठाएका थिए, उनीहरुले अलिबाबाविरुद्ध एन्टी–ट्रस्ट जाँच सुरु गरेका थिए ।

को हुन् ज्याक मा ?

५६ वर्षका ज्याक मा चीनका दोस्रो धनाढ्य व्यक्ति हुन् । उनको जन्म सिजियाङको हाङझोउस्थित एक सानो गाउँमा भएको थियो । उनी चीनको चर्चित कम्पनी अलीबाबाका संस्थापक हुन् । सुरुमा यो कम्पनीले चीनमा अनलाईन सपिङलाई लोकप्रिय बनाउन काम गर्यो ।

त्यसपछि धेरै परियोजनाहरुमा हात हालेको छ । ३० सेप्टेम्बर २०१९ अली बाबाको बोर्डबाट औपचारिक रुपमा राजीनामा गर्नुअघि उनी यस कम्पनीको कार्यकारी प्रमुख पनि थिए । ज्याक मा आफ्नो संघर्ष र सफलताबारे प्रेरक कथाहरु सुनाउन पनि माहिर छन् । उनी आफ्ना अनुुभव सुनाएर युवाहरुमा जोश भर्ने काम गर्छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS