काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई संसद् विघटन असंवैधानिक मात्र नभएर संविधानमाथिकाे आक्रमण पनि भएकाे बताएका छन् ।

नेकपा प्रचण्ड – नेपाल पक्षद्वारा आयाेजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुकाे अन्तरक्रियामा उनले व्यवस्था विरुद्धकाे षड्यन्त्रकाे मतियार बनेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाे बताए ।

भट्टराईले प्रधानमन्त्री ओली राजनीति क्यान्सर भएको भन्दै नेकपाले कित्ता स्पस्ट गर्नुपर्न बताए । उनले भने, ” किन संयुक्त आन्दोलन हुन सकेकाे छैन । यसमा म केही प्रस्ट पार्छु । नेकपाले केपी ओलीसँग बीचमै मिलेर जाने अवस्था आए हामी यता न उता हुन्छाैँ । यसमा नेकपाले प्रस्ट पार्नुपर्छ । ओली नेकपाभित्रकाे क्यान्सर हुन् । उनी नेकपाकाे मात्र पनि नेपाली राजनीतिकाे क्यान्सर हुन् । नेकपाका साथीहरूले बुझ्नुपर्छ ।”

तपाईको प्रतिक्रिया

RELATED POSTS