अमेरिकाका संसद भवनमा भएको हिंसापछि राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभांका ट्रम्प हमला गर्नेहरुलाई देशभक्त भनेपछि निशानामा परेकी छिन् ।

उनको एउटा ट्वीट यति आलोचित भयो कि उनले त्यो डिलिट नै गर्नुपर्यो र यसका लागि स्पष्टिकरण पनि दिनुपर्यो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थकले बुधबार संसद भवनमा प्रवेश गरेर हिंसा सुरु गरिदिए । त्यतिबेला अमेरिकी संसदमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको थियो ।

त्यसपछि इभांकाले ट्वीट गरेकी थिइन्, ‘अमेरिकी देशभक्त, सुरक्षाको कुनै पनि प्रकारको उल्लंघन वा हाम्रो कानूनप्रति अनादरलाई स्विकार गरिने छैन । हिंसा तुरुन्त बन्द गर्नुपर्ने हुन्छ । कृपया शान्ति कायम गर्नुहोस् ।’

यो ट्वीटमा अमेरिकी संसदमा हमला गर्नेहरुलाई देशभक्त भनिएकोमा इभांका ट्रम्पको अत्यधिक आलोचना भएको हो । मानिसहरु यसको विरोध पनि गरिरहेका छन् । त्यसपछि उनले आफ्नो ट्वीट डिलिट गरेर स्पष्टिकरण दिएकी छिन् ।

उनले अर्को एउटा ट्वीटमा भनिन्, ‘शान्तिपूर्ण विरोध प्रदर्शन देशभक्ति हुन्छ । हिंसा स्विकार्य छैन र यसको निकै बलियोसँग आलोचना हुनुपर्छ ।’

 

 

इभांका ट्रम्पको ट्वीट यसकारण मात्रै महत्वपूर्ण छैन किनभने उनी राष्ट्रपतिकी छोरी हुन् । ये यसकारण पनि महत्वपूर्ण छ किनभने उनका श्रीमानको ट्रम्प प्रशासनमा निकै महत्वपूणै भूमिका रहेको छ ।

इभांका ट्रम्प संसारकी सबैभन्दा शक्तिशाली छोरीको रुपमा परिचित छिन् । उनलाई ह्वाइट हाउसमा अफिस दिइएको छ र उनी आफ्ना पिताकी सल्लाहकार पनि हुन् ।

 

 

यद्यपि, इभांकालाई डोनल्ड ट्रम्पको वेस्ट विङमा काम गर्नका लागि उनलाई कुनै पद वा तलब दिइँदैन ।

इभांकाका श्रीमान् जेरेड कश्नर एक अमेरिकी व्यापारी हुन् तर उनले डोनल्ड ट्रम्पका लागि एक महत्वपूर्र्ण जिम्मेवारी सम्हालिसकेका छन् । उनले सन् २०१६ मा राष्ट्रपति चुनावका बेला डिजिटल मिडिया स्ट्राटेजी तयार गर्न र चलाउन मद्दत गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS