अहिले जाडो याम छ । यतिबेला मर्निङ वाकमा निस्कनु त्यती अनुकुल हुँदैन, खासगरी काठमाडौंमा । चिसोमा मर्निङ वाक गर्दा फाइदा होइन बेफाइदा गर्ने चिकित्सकहरुको सुझाव छ । यस्तो बेला घरभित्रै बसेर योग गर्न सकिन्छ । यसका लागि सबैभन्दा सरल र प्रभावकारी योग हो, सूर्य नमस्कार ।

प्राचीन समयदेखि योगबाट मन र शरीरलाई स्वस्थ्य राखिने अभ्यास भएको पाइन्छ । योगले शरीर र मनलाई स्वस्थ राख्छ । शरीरको अतिरिक्त विकार हटाउन, मनलाई शान्त तुल्याउन, स्फूर्ति ल्याउन योग अनिवार्य छ । अहिले विश्वभर योगको लहर छ ।

सूर्य नमस्कार यस्तो योग हो, जो सजिलो छ । र, अत्यान्तै लाभदायक पनि । बालबच्चादेखि बुढापाकसम्मले यो योगासन अभ्यास गर्न सक्छन् ।

सूर्य नमस्कारमा विभिन्न १२ आसन हुन्छ । यी १२ आसन गर्दा सासको गति नियन्त्रण गर्न सक्नु सर्वोत्तम हुन्छ । सासको गति नियन्त्रणका लागि मन्त्रोच्चारण गरिन्छ । मन्त्रोच्चारणका साथ सूर्य नमस्कार गर्नु सत्प्रतिसत फाइदाजनक हुन्छ ।

सूर्यनमस्कार आसनको केही स्वास्थ्यवद्र्धक लाभ हुन्छ । जस्तो कि यसले रक्तप्रवाह सही ढंगले गराउँछ । पाचन क्रिय चुस्त रहन्छ । तौल नियन्त्रण गर्छ । शरीरमा सकारात्मक उर्जा पनि मिल्छ ।

एक पटक सूर्य नमस्कार गर्दा १३ दशमलव ९ प्रतिशत क्यालोरी घटाउन सकिन्छ । सूर्य नमस्कार स्वस्थ रहने सबैभन्दा राम्रो विकल्प हो ।

कसरी गर्ने ?

हामीले यसअघि पनि भन्यौ कि, यसको १२ आसन हुन्छ । सबैभन्दा पहिला प्रणायम हुन्छ, जसमा दुबै हात जोडेर सिधा उभिनुपर्छ । अर्थात नमस्कारको मुद्रामा । त्यसपछि आउँछ हसतोत्तानासन । यसमा हातलाई विस्तारै माथि उठाइन्छ । फेरी हस्तपदासन आउँछ, जसमा अगाडि झुकेर उभिनुपर्छ ।

चौथो आसन हो, अश्व संचालासन । यसमा घोडा जस्तै घुँडा र हातले टेकेर बस्नुपर्छ । पाँचौं आसन हो दंदासन । यसपछि अष्टांग नमस्कार । त्यसपछि आउँछ भुजंगासन । यो कुकुरको मुद्रामा मुख घोप्टो बनाएर बस्नुपर्छ । त्यसपछि अश्व संचालासन र फेरी हस्तपादासन, हस्तोत्तानासन र प्राणायाम आउँछ ।

कुन समयमा गर्ने ?

सूर्य नमस्कारको अर्थ हो, सूर्यको शाश्वत अभिभादन गर्नु । यस व्यायमले सूर्यको उर्जा शरीरमा आउँछ । सूर्य नमस्कार भनेको सूर्यको तेजबाट उर्जा लिनु हो, त्यसैले यो आसन सही समयमा गर्नु जरुरी छ ।

योग निर्देशकलाई मान्ने हो भने, योग गर्नु एक कला हो र सूर्य नमस्कार गर्ने उपयुक्त समय प्रातःकाल हो । अर्थात सूर्योदयको समयमा ।

तर, त्यसो भन्दैमा सूर्योदयकै समयमा मात्र गर्नुपर्छ भन्ने चाहि होइन । यसलाई तपाई साँझको समयमा पनि गर्न सक्नुहुन्छ । कतिपय मानिस विहान व्यस्त हुने भएकाले सूर्य नमस्कार गर्न भ्याउँदैनन् । उनीहरुले बिहानको समय सूर्य नमस्कार नगरेपनि दिनभरमा आफ्नो अनुकुलता मिलाएर गर्न सक्छन् । यद्यपी बिहानको समयमा गरिने सूर्य नमस्कार एकदमै प्रभावकारी मानिन्छ ।

यदि तपाई तौल नियन्त्रण गरेर स्वस्थ रहन चाहनुहुन्छ भने सूर्य नमस्कार तपाईंको लागि सर्वोत्तम छ । सूर्योदयको समय सूर्य नमस्कार गर्नु सबैभन्दा राम्रो हुन्छ । सूर्यलाई हेरेर विहान खाली पेटमा सूर्य नमस्कार गर्नुपर्छ । सूर्यको किरणले सकारात्मक उर्जा मिल्छ । शरीरलाई पनि फाइदा पुग्छ ।

विहानको समय शान्त र सौम्य माहौल हुन्छ । र, दिनको सुरुवातमा यो आसन गर्दा ताजगी महसुष हुन्छ । त्यसैले घरबाट बाहिर खुला हावामा सूर्य नमस्कार गर्नु बढी फाइदाजनक हुन्छ । सूर्य नमस्कार गर्ने स्थान खुला एवं हावा आउजाउ गर्न सक्ने हुनुपर्छ ।

सूर्य नमस्कार धिमा गतिमा गर्र्नुपर्छ । र, आफ्नो मुद्रालाई परफेक्ट राख्ने प्रयास गरौं । यसका साथै सूर्य नमस्कारको १२ मुद्रा गर्नु लाभदायक हुन्छ । सूर्य नमस्कारभन्दा अघि वार्मअप गर्नु राम्रो हो । यसले शरीरलाई थप लचिलो बनाउँछ ।

गर्भवती, हर्नियाका रोगी, उच्च रक्तचापले ग्रस्त, कम्मरको दुखाई भएका र महिनावरी भएकाले सूर्य नमस्कार गर्नु हुँदैन । यदि गर्नैपरे, चिकित्सकको सल्लाह लिनुपर्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS