काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार ट्वीट गर्दै देउवाले युएस कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको बताए ।

उनले लेखेका छन्, ‘अमेरिकी कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको छु । सत्ता हस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ भनेर जनताले बोलिसकेका छन् । हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौं ।’

 

 

राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला बुधबार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए। घटनामा ४ जनाले ज्यान गुमाएका छन् र दर्जनौं पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS