नर्वेमा कोरोनाको खोप लगाएपछि ७५ वर्ष उमेरमाथिका २९ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वभर बृद्धबृद्धालाई खोप लगाउने योजनामा बदलाव गर्नेबारे बहस सुरु भएको छ । के फाइजरको खोप बृद्धबृद्धाका लागि हानीकारक रहेको छ ? के अन्य देशमा पनि यस्तो समस्या देखिएको छ ?

नर्वेमा गत २७ डिसेम्बरदेखि खोप अभियान सुरु भएको थियो । अहिलेसम्म २५ हजारभन्दा बढीले खोप लगाइसकेका छन् । त्यहाँ फाइजरको एमआरएनए खोपलाई मात्र मान्यता दिइएको छ । त्यसैको प्रयोग बृद्धबृद्धामा गरिएको छ । यो खोपको प्रयोग अमेरिका, बेलायतसहित युरोपका कयौँ देशमा भइरहेको छ । त्यहाँ पनि खोपको साइड इफेक्ट देखिँदैछ ।

खोपको शुरुवाती चरणमा २३ जना ८० वा सो भन्दा बढी वर्षका बृद्धबृद्धाको मृत्यु भएको थियो । शनिबार थप ६ जनाले ज्यान गुमाए । त्यसपछि ७५ वर्ष उमेर समूहका बृद्धबृद्धा पनि जोखिममा रहेको बताइएको छ । यसले थुप्रै प्रश्न खडा गरेको छ ।

नर्वेको मेडिसिन एजेन्सी (एनएमए) का अनुसार अधिकांशले खोपको साइड इफेक्टकै कारणले ज्यान गुमाएका छन् । मृत्यु भएका १३ जनाको जाँच भएको छ भने १६ जनाको जाँच हुँदैछ । ज्यान गुमाउनेमा बान्ता, ज्वरो र खोपको दिएको ठाउँमा रियाक्सन र पुरानो समस्या बढेको जस्ता साइड इफेक्ट दखिएको थियो ।

नर्वेको इन्सटीटयूट अफ पब्लिक हेल्थका अनुसार जीवनमा धेरै समय बाँकी नभएकाका लागि यो खोप लाभदायक छैन । गम्भीर रोग भएका बिरामीलाई सामान्य साइडइफेक्ट पनि घातक साबित भइरहेको छ ।

खोप निर्माता कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर मृत्युबारे जाँच गरिरहेको बताएको छ ।

यद्यपि, अहिलेसम्म आएको खोपको नतिजा अप्रत्यासित नभएको इन्सटीटयूट अफ पब्लिक हेल्थले जनाएको छ । यसप्रकारको मृत्यु चिन्ताजनक नभएको उसको भनाइ छ । त्यही भएर युवाहरुमा खोपको प्रयोगलाई जारी राखिएको छ ।

दैनिक भास्कर

तपाईको प्रतिक्रिया

RELATED POSTS