काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षले यही माघ ९ गते काठमाडौंमा आयोजना गरेको संसद विघटनविरुद्धको बृहत विरोध प्रदर्शनलाई व्यवस्थित र भव्य बनाउन निर्देशिका जारी गरेको छ । उक्त विरोध प्रदर्शनमा नेकपा प्रचण्ड– माधव नेपाल पक्षले डेढ लाख मानिस उतार्ने तयारी गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विरोध प्रदर्शन र सभाका लागि बुधबार सात बुँदे निर्देशिका जारी गरेका हुन् ।

जसमा काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । माइतीघर मण्डला, डिल्लीबजार चारखाल, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेजबाट जुलुस निकालिने छ । त्यस अन्र्तगत माइतीघरबाट सुरु हुने जुलुस काठमाडौं क्षेत्रनम्बर १ र २ तथा भक्तपुर काभ्रेपलाञ्चोक, सिन्धुली जिल्ला, सिन्धुपाल्चोक, दोलखा रामेछाप जिल्ला, पेशागत, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, इन्जिनीयर शिक्षक र प्रदेश नम्बर २ जुलुस भद्रकाली हँुदै शहिदगेट एनएसी भोटाहोटी रत्नपर्का पुग्नेछ । त्यो जुलुसका नेतृत्व नेताहर गणेश साह, गिरीराजमणि पोखरेल, मात्रिका यादव, लिलामणि पोखरेल, हरिवोल गजुरेल, पेशल खतिवडालगायतले नेतृत्व गर्नेछन् ।

आर्कहरुबाट सुरु हुने जुलुुस तोकिएको रुटहँुदै रत्नपार्क पुगेर मुल जुलुसमा मिसिनेछ । सबै आर्कको नेतृत्व केन्द्रीय नेताहरुले गर्ने निर्देशिकामा उल्लेख छ । दोस्रो आर्क रहेको डिल्लीवजार चारखालबाट काठमाडौं निर्वाचन क्षेत्रनम्बर ३,४ र ५ को जुलुस निस्किनेछ । यो आर्कमा वर्षमान पुन, वेदुराम भुुषाललगायतले नेतृत्व गर्नेछन् ।

त्यसैगरी लैनचोर आर्कमा भीम रावल, शक्ति बस्नेत, नन्दकुमार प्रसाईको नेतृत्वमा जुलुस निस्कने छ । त्रिपुरेश्वर आर्कको नेतृत्व देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले गर्नेछ्न । कुपण्डोलबाट कृष्णबहादुर महरा, पम्फा भुषल, रघुजी पन्त, नन्दकुमार थापा तथा प्रदर्शनीमार्गबाट घनश्याम भुषाल र जनार्दन शर्माको नेतृत्वमा जुलुस निस्कनेछ ।

शान्तिबाटिकामा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराइले नेतृत्व गर्नेछन् । त्यसैगरी त्रिचन्द्र कलेजमा देव गुरुग, रामकुमारी झाक्री लेखनाथ न्यौपाने र हितमान शाक्यले नेतृत्व गर्नेछन् । त्यस्तै बाल्मिकीबाट अमृत बोहोरा मुकुन्द न्यौपाने विष्णुपुकार श्रेष्ठले नेतृत्व गर्नेछन् । उक्त दिन मञ्च तथा मुख्य नेतृत्वको सुरक्षाको नेतृत्व रामप्रसाद सापकोटाले गर्नेछन् । सापकोटा राष्ट्रिय युवासंघका संयोजक हुन् ।

निर्देशिकामा जुलुसको नेतृत्व गर्ने पार्टी नेताहरु र स्वयमसेवकबीच समन्वय अनिवार्य गर्न भनिएको छ । सबैतिरका जुलुस रत्नपार्कमा जम्मा भएर मुल जुलुसमा परिणत हुनेछ । उक्त जुलुस रत्नपार्क, बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट एनएसी भोटाहिटी रत्नपार्क, विद्युतप्राधिकरण हुँदै सभामा परिणत हुनेछ ।

प्रत्येक आर्कका नेताहरुले निर्धारित रुटअनुसार प्रदर्शनअघि बढाउँदै मुल जुलुसमा जोडिनुपर्नेछ । जुलुसमा सहभागीहरुले निर्धारित नाराहरु मात्र लगाउनुपर्नेछ । निर्देशिकामा प्रत्येक प्रदेश, जिल्ला, जवस, एवं मोर्चा संगठनहरुलाई विरोध प्रदर्शन एवं सभामा सहभागिता गराउने भनेर दिएको संख्यामा नघटाउनेगरी अनिवार्य उपस्थित गराउन निर्देशन दिइएको छ ।

उक्त दिन १०ः४५ भित्र सम्बन्धीत आर्कमा पुगिसक्न भनिएको छ ।

यस्तो छ निर्देशिका :

 

तपाईको प्रतिक्रिया

RELATED POSTS