एजेन्सी । सारा अली खान माल्दिभ्समा घुमघाममा मस्त छिन् । त्यहाँ पुग्नासाथ उनले आफ्ना फ्यानहरुका लागि सुन्दर तस्बिरहरु शेयर गरेकी छिन् । लकडाउन समाप्तीपछि बलिउड सेलिब्रेटीहरु माल्दिभ्स आवतजावत गर्ने क्रम बढेको छ । साराको नयाँ तस्बिरहरुलाई फ्यानहरुले पनि निकै मन पराइरहेका छन् । सारा अली खानको इन्स्टाग्राममा २ करोड ९९ लाख फलोअर्स छन् । उनी समय–समयमा आफ्ना तस्बिर र भिडियोहरु शेयर गर्छिन् ।

मुम्बईमा घेरे समर्थकहरुले

यसअघि २५ वर्षीया सारा आफ्ना भाई इब्राहिमसँग मुम्बईमा डिनर गरेर फर्कदैं गरेको अवस्थामा भेटिएकी थिइन् । उनलाई देख्नासाथ समर्थकहरु वरपर झुम्मिए । त्यसपछि सारा आफ्ना भाईको सुरक्षालाई लिएर चिन्तित भएकी थिइन् । पछिल्ला दिनमा सारा आनन्द एल रायको फिल्म ‘अतरंगी रे’ मा अक्षयकुमार र धुनषसँगै देखिदैंछिन् । यसअघि उनी ‘कुली नम्बर वान’ मा वरुण धवनसँग देखिएकी थिइन् ।

कोलम्बिया विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन सकेपछि साराले सन् २०१८ मा केदारनाथ फिल्ममार्फत बलिउड डेब्यु गरेकी थिइन् । त्यसपछि यही वर्ष सिम्बा प्रदर्शनमा आयो । दुबै फिल्म व्यवसायिक रुपमा सफल भए । साराको अभिनयको पनि निकै प्रसंशा भयो । उनले यसवर्ष उत्कृष्ट अभिनेत्रीका लागि फिल्ममेयर अवार्ड पाइन् । २०१९ मा फोब्र्सले जारी गरेको सेलिब्रेटी १०० को सुचीमा साराको नाम पनि समावेश थियो ।

अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी हुन्, सारा । साराका हजुरबुबा मन्सुर अली खान पतौडीका मानार्थ राजा तथा भारतीय क्रिकेट टिमका कप्तान थिए । हजुरआमा शर्मिला टैगोर पनि आफ्नो जमानाकी चर्चित अभिनेत्री हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS