मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । मध्यान्हबाट खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या बढाउनेछ भने औषधि उपाचार खर्च बढेर जानेछ भने खानपानमा ध्यान नदिदा पनि स्वास्थ्यमा समस्या देखिन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुँनाले काम गर्न सहज हुनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समयले साथ दिनेछ ।कामकै सन्द्रर्भमा समाजका बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा हात लाग्ने हुँनाले घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । व्यापार व्यावसायमा समय दिनेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बनेर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ । बिहानको समय मध्ययम रहेकोले घरेलु तथा अन्य समस्याले सताउनेछ । आफन्त तथा घर भित्रकै मानिस सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् बिवादित बिषयहरु समाधान भएर जानेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ ।सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समयमा लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशी सानमानको व्यापार फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS