रौतहट । शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् ।
गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए । प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाएको भन्दै उनले भने, ‘अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ ।’
![](http://localhost/recentnews/wp-content/uploads/2020/06/GET-YOUR-SITE-LIVE-1.png)
उनले राजा ज्ञानेन्द्रलाई दाम चढाउन गएको तथा एमालेलाई ध्वस्त पारेको भन्दै माधवकुमार नेपालको पनि चर्को आलोचना गरे । प्रचण्ड-माधवहरुले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकाले ताजा जनादेशका निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए ।