वरुण धवन र नताशा दलाल २४ जनवरीमा विवाह बन्धनमा बाँधिदैछन् । विवाह अघि उनीहरुका प्रि–वेडिङ कार्यक्रमका खबर बी डाउनदेखि प्रशंसकबीच पनि निकै चर्चामा छ । अब कुरा गरौं नताशा दलालको जोसँग बलिउड स्टर वरुण धवनले विवाह गर्दैछन् ।

नताशा दलाल मुम्बईकी फेसन डिजाइनर हुन् । उनले फेसन इन्स्टिट्युट अफ टेक्नोलोजी, न्यूयोर्कबाट फेसन डिजाइनिङको कोर्स गरेकी हुन् । सन् २०१३ मा उनी भारत फिर्ता भएकी थिइन् ।

भारत आएपछि उनले आफ्नै डिजाइन हाउस खोलिन् । उनको यो फेसन डिजाइन हाउसको नाम नताशा दलाल लेबल हो । उनको यो लेबल ब्राइडल र वेडिङ आउटफिटका लागि चर्चित छ

यस्तै, यी दुई बीचको सम्बन्धको कुरा गर्नुपर्दा यी दुईले निकै लामो समयदेखि एक–अर्कालाई डेट गरिरहेका छन् । यी दुई सहपाठी पनि हुन् । हालै करिना कपुरको च्याट शो ह्वाट वुमन वान्टमा वरुणले नताशासँग आफ्नो पहिलो भेटघाटबारे खुलासा गरेका थिए ।

वरुणले दिएको जानकारी अनुसार नताशासँग उनको पहिलो भेट स्कूलको ६ कक्षामा भएको थियो । यी दुई थुप्रै वर्षसम्म साथी रहे । पछि उनीहरुले एक अर्कालाई डेट गर्न सुरु गरे ।

वरुण र नताशाले थुप्रै समयसम्म आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए । यसको एउटा कारण यो हो कि नताशालाई लाइमलाइटमा आउन मन लाग्दैन । यी दुईलाई सँगै निकै कमै मात्रामा बाहिर देखियो ।

दुई वर्ष अघि वरुणले इन्स्टाग्राममा नताशाका लागि आफ्नो प्रेम र लगाव व्यक्त गरेका थिए । उनले नताशालाई जन्मदिनको शुभकामना दिँदै उनीसँगको फोटो सेयर गरेका थिए ।

स्मरण रहोस्, वरुण धवन र नताशा दलाल २४ जनवरीमा अलिबागमा विवाह गर्दैछन् । उनीहरुले विवाहका लागि जुन भवन बुक गरेका छन् त्यो निकै आलिशान र महँगो छ । रिपोर्टका अनुसार एक रातको उक्त भवन बुकिङका लागि ४ लाख भारु पर्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS