डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः ५० हजार डलर नाघेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्यप्रति क्वाइन ५१ हजार ३७ डलर पुगेको हो । पछिल्लो समय तीव्र गिरावट भोगिरहेको बिटक्वाइनको मूल्य मे महिना यता पहिलोपटक ५० हजार डलर नाघेको हो ।

गत अप्रिलमा बिटक्वाइनको मूल्य अहिलेसम्मकै धेरै अर्थात् ६० हजार डलर पुगेको थियो । त्यसपछि भने बिटक्वाइनकेा मूल्य निरन्तर ओरालो लाग्दै गत जुलाई २० मा ३० हजार डलरमा झरेको थियो । यो वर्षको सबैभन्दा कम मूल्य चाहिँ गत जनवरी ४ मा थियो । सो दिन बिटक्वाइनको मूल्य २७ हजार ७३४ डलर थियो ।

विज्ञहरुका अनुसार क्रिप्टोकरेन्सीको निकै तरल इतिहासका कारण बिटक्वाइनको पछिल्लो वृद्धि पनि दिगो हुनेमा आशंका छ । अहिले उकालो लागेकै दरमा कुनै पनि बेला बिटक्वाइनको मूल्य पुनः तल झर्नसक्ने बताइन्छ । सोही तरलता र अनिश्चिततालाई मध्यनजर गर्दै लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियोको ५ प्रतिशतभन्दा कम मात्र लगानी क्रिप्टोकरेन्सीमा गर्नुपर्ने सुझाव विज्ञहरुको हुने गर्दछ ।

यसैबीच आइतबार भने बिटक्वाइनको मूल्य ५० हजार १८८ डलर कायम भएको छ । त्यस्तै इथेरियमको मूल्य तीन हजार ९३२ युरो पुगेको छ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

RELATED POSTS