काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेशनको लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्ड लिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा शुरू गरेको हो । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएससम्मको गतिमा इन्टरनेट उपलब्ध गराएको वर्ल्ड लिंकले जनाएको छ ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाईफाई प्रणालीबाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस्तो वाईफाई प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरू प्रयोग गरिनेछ । यसले हाल घरहरुमा भइरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाईफार्ईले गराउने छ ।

मेष वाईफाई प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो मानिन्छ। मेष वाईफाईमा सबै राउटरहरु एक अर्कासँग जोडिएका हुन्छन । त्यसमा म्यानुएल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलार्ई सार्न सक्नेछन ।

वर्ल्ड लिंकका अध्यक्ष दिलीप अग्रवालले विश्वव्यापी इन्टरनेट प्रविधिको उत्कर्ष सिमामा रहेको बेला घरमा इन्टरनेटको गति वढाउनु पर्ने आवश्यकता महसुस गरी अत्याधुनिक उपकरण र प्रविधिसँगै एउटा गुणस्तरीय घरेलु नेटवर्किङमा गएको बताए । उनले नेपालमा पहिलो पटक ३०० एमबीपीएस गतिको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १.१ राउटरकोसँग मेष वाईफाई होम सोलुसन शुरू गरेको बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS