काठमाडौं । शुक्रबार प्रतिनिधिसभाका तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । त्यही बीचमा अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोष्ट्रम पुगे र विधेयक पेश गरे ।

संसद बैठक अवरोध गर्ने नीति लिएको एमाले र बजेटको प्रतिस्थापन विधेयक पेश गर्ने तयारीमा रहेको सरकार बीच सहमति जुटेको थिएन । जसका कारण एमालेको अवरोध र नाराबाजीका बीच अर्थमन्त्री शर्माले विधेयक पेश गरे ।

 

अर्थमन्त्रीलाई रोक्न रोष्ट्रममै गएर अर्थमन्त्रीको माइक खोस्ने प्रयासमा एमाले सांसद थिए । अनवरत रुपमा रोष्ट्रममा छिर्ने प्रयासमा रहेका एमाले सांसदहरु मर्यादापालकबीच तीनवटै बैठक अवधिभर धकलाधकेल चलिरह्यो ।

 

हेर्नुहोस् तस्वीरहरु

 

 

तपाईको प्रतिक्रिया

RELATED POSTS