बलिउड नायिका करिना कपुर खानको किताब निकै चर्चामा आएको थियो । यो किताबमा करिना कपुर खानले आफ्ना दुई सन्तानको गर्भावस्था यात्राबारे जानकारी दिएकी छिन् । करिनाले गर्भावस्थासँग जोडिएका स–साना जानकारीसमेत आफ्नो किताबमा समावेश गरेकी छिन् । करिना कपुर खानले गर्भावस्थाका बेला यौन सम्बन्ध स्थापित गर्नका लागि आसनबारे पनि चर्चा गरेकी छिन् ।

करिनाले एक न्यूज पोर्टललाई दिएको अन्तरवार्तामा आफूले जानीजानी किताबमा सेक्स ड्राइभबारे लेखेको बताइन् । करिना कपुरले भनिन्, ‘कसैले पनि खुट्टा सुन्निने, डकार आउने, कपाल झर्ने, मूड स्विङ्ग हुने र सेक्सी महसुस गर्नेबारे कुरा गर्दैनन् । उनले भनिन्, ‘यसैकारण मैले आफ्नो किताबमा यौनबारे कुरा गरेकी हुँ । हाम्रो देशका धेरैजसो महिला यसबारे कुरा गर्न डराउँछन् । जबकी यस्ता कुराबारे खुल्ला रुपमा कुरा गर्न आवश्यक छ ।’

करिनाले आफ्नो किताबमा सेक्स र यौन चाहनाबारे कुरा गरेकी छिन् । किताबमा सेक्स पोजिशन, सी–सेक्सनको ट्रमा बारे पनि बताइएको थियो । करिना कपुरको किताब गर्भ बसेदेखि बच्चा नजन्मेसम्मका हरेक स–साना कुराको जानकारी दिने गर्छ ।

करिना कपुरले यो किताब सार्वजनिक गर्ने बेला गर्भावस्थाका दिनमा पुरुषहरु सेक्सको विषयमा सपोर्टिभ हुनुपर्ने बताएकी थिइन् । यसका लागि श्रीमतीलाई दबाब दिन नहुने पनि उनले बताएकी थिइन् । यस्तै उनले भनेकी थिइन्, ‘यतिबेला पुरुषले आफ्नी श्रीमतीमाथि सुन्दर देखिनका लागि दबाब दिनु हुँदैन । न नै उनीहरुलाई कम सोच्नुहुन्छ ।’

करिना कपुरले भनेकी थिइन्, ‘मेरो गर्भावस्थाका बेला सैफले मलाई असाध्यै सहयोग गरे र यौनमा कम रुची हुने कुरालाई राम्रोसँग सम्झाएकी थिएँ ।’

करिनाले भनेकी थिइन्, ‘मानिसहरुलाई लाग्छ…. जब तपाईं गर्भवती हुनुहुन्छ तब तपाईंलाई मूड, इमोसन्स, भावनाबारे महसुस हुँदैन । जबकी यो निकै आवश्यक छ । । कहिलेकाँही मलाई असाध्यै राम्रो र सेक्सी महसुस हुन्थ्यो, लाग्थ्यो म यो पेटमा कति राम्री देखिएकी छु । मैले सैफलाई यस्तो कुरा गर्दा उनले भन्थे, ‘तिमी असाध्यै राम्री देखिएकी छौ ।’

‘श्रीमानको साथ असाध्यै महत्वपूर्ण हुन्छ र पुरुषले आफ्नी श्रीमतीमाथि यस्ता दबाब दिनु हुँदैन । यौन जीवन असाध्यै सक्रिय होस् भन्नेबारे पनि दबाब दिनुहुँदैन ।’

‘गर्भावस्थाका बेला महिलाको भावनाले विशेष महत्व पाउनुपर्छ । त्यो समय र त्यो पल गर्भवती महिलाको अनुसार हुनुपर्छ । यदि तपाईंका श्रीमानले यो कुरा बुझ्दैनन् भने उनी तपाईंको बच्चाको पिता कसरी हुनसक्छन् ?’

करिना कपुर खान दुई बच्चाकी आमा हुन् । उनले छोराहरुको नाम तैमुर र जहांगीर अली खान राखेकी छिन् । करिनाका दुबै छोरा उनीहरुको नामका कारण सोसल मिडियामा ट्रोल भए । यसबारे करिनाले आफू ट्रोल्सको दृष्टिकोणले आफ्नो जीवनको निर्णय नलिने बताएकी थिइन् ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS