‘ओ माइ गड’ सन् २०१२ को सर्वाधिक मनपराइएको बलिउड फिल्म थियो। अभिनेता अक्षय कुमार, परेश रावल र मिथुन चक्रवतीको मुख्य भूमिका रहेको यो फिल्मले व्यवसायिक सफलतासँगै आलोचना पनि खेप्नुपरेको थियो। धर्मका नाममा अभ्यासमा रहेका कुरीतिमाथि प्रहार गरेकोले फिल्म विवादमा समेत आएको थियो। भिन्न शैलीको प्रस्तुति र कथा भएको ‘ओ माइ गड’ गम्भीर विषयमा बनेको हास्यप्रधान फिल्म हो जुन अझै पनि भारतीयबीच लोकप्रिय छ। झन्डै एक दशकपछि हाल ‘ओ माइ गड’ को सिक्वल बन्ने भएपछि ‘ओ माइ गड २’ अहिले चर्चामा छ।

‘ओ माइ गड २’ को मूख्य भूमिकामा यस पटक पनि अक्षय कुमार नै हुनेछन्। अक्षयसँग फिल्ममा यस पटक पंकज त्रिपाठी र अभिनेत्री यामी गौतम पनि देखिने छिन्।

पुरानो फिल्म ‘ओ माइ गड’ अन्धविश्वास र धार्मिक कट्टरतामा आधारित थियो। बलिउड हंगामाका अनुसार दोस्रो भाग भारतीय शिक्षा प्रणालीका मुद्दामा आधारित हुनेछ। फिल्ममा भगवान कृष्णको भूमिका अक्षयले खेल्ने छन्। अघिल्लो भागमा महत्वपूर्ण भूमिकामा दर्शकको मन जितेका परेश रावलको भने यस पटक देखिने छैनन्।

आश्विन वरदेको प्रोडक्सनमा बन्न लागेको यो फिल्म अमित राईको निर्देशनमा बन्न लागेको हो। हास्य-व्यंग्य ‘ओ माई गड २’ को सुटिङ दुई हप्ता अघिबाट सुरु भएको रिपब्लिक वर्ल्डले जनाएको छ।

‘ओ माइ गड २’ को कथा फिल्मले विद्यार्थीमा परिक्षाको दबाब र कलेज भर्नाजस्ता शैक्षिक विषय उठान गर्ने कोइमोइको भनाइ छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS