नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन्। शनिबार भएको केन्द्रीय सचिवालयको विस्तारित बैठकले बराललाई अध्यक्ष चयन गरेको विद्यार्थी इन्चार्ज खिमलाल भट्टराईले बताए। त्यस्तै वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना बाइबा, महासचिव समिक बडाल चयन भएका हुन्। उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित थिए।

विद्यार्थी संगठनमा तेस्रो पटक महिला नेतृत्व चयन भएको हो। यसअघि २०६५ सालमा रामकुमारी झाँक्री, ०७२ मा नविना लामा अध्यक्ष बनेका थिए। यद्यपि अहिले झाँक्री एकीकृत समाजवादीमा छिन्।

यसअघिका अध्यक्ष ऐन महर विद्यार्थी संगठनबाट बिदा भएका छन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS