काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको भन्दै न्याय नभएसम्म जारी रहने बताएका छन् । संसद्म‌मा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने भट्टराईको भनाइ छ । बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जबरजस्ती रूपमा ल्याइएको उनले बताए । ‘संसद्मा प्रस्तुत भएका बिजनेस वा एजेण्डाहरू प्रति भन्दापनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा(एमाले)प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ,’ भट्टराईले भने, ‘सभामुखको त्यो प्रवृत्ति नसच्याएसम्म, त्यो घटनामा नेकपा(एमाले)लाई गरेको अन्यायमा उहाँले जबसम्म न्याय गर्नुहुन्न तबसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ ।’

एमालेले आफूमाथि भएको विभेद र सभामुख जस्तो जिम्मेवार व्यक्तिले गरेको गैरजिम्मेवार व्यवहारका विरुद्ध सांकेतिक रुपमा विरोध गरेको पनि भट्टराईको भनाइ थियो । ‘त्यो अनवरत रुपमा जारी रहन्छ र उहाँले त्यो सच्याउनुपर्छ भन्ने हो । गरिमामय आशनमा बसेको व्यक्तिले लाक्षणिक विरोध र सांकेतिक विरोधको पनि अर्थ बुझ्नुपर्छ,’ उनले थपे, ‘यसको निकास सभामुखज्यूले नै दिनुपर्छ । सत्तापक्षले दिनुपर्छ । सभामुखले दिनुपर्छ । उहाँहरूसँग हामी जोडदार माग गर्न चाहान्छौँ । कसरी निकास दिनुपर्छ भन्ने उहाँहरूले जान्ने कुरा हो ।’

एमालेबाट निर्वाचित माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना दिएपछि सभामुखले पदमुक्त भएको सूचना जारी गर्नुपर्ने भट्टराईको भनाइ छ । प्रतिनिधिसभाको नवौं अधिवेशनको सुरुदेखि नै एमालेले अवरोध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS