नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनियमदर तोक्दै अमेरिकी डलरको मूल्य बढेको बताएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मूल्य ११८.२८ र खरिद मूल्य ११७.६८ रुपैयाँ तोकेको छ । यसअघि, हिजो एक अमेरिकी डलरको बिक्री मूल्य ११७.८७ रुपैयाँ थियो ।

यस्तै, आज एक यूरोको बिक्री दर १३८.५१ र खरिद दर १३७.८१ तथा पाउण्डको बिक्री मूल्य १६१.९३ रुपैयाँ कायम हुँदा खरिद दर १६१.१० डलर तोकिएको छ । यसका साथै, अष्ट्रेलियन डलरको बिक्री दर ८५.६२ र खरिद दर ८५.१८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री ८७.४८ र खरिद ८७.०४ रुपैयाँ, १० जापानी येनको बिक्री १०.८० र खरिद १०.७४ तथा चिनियाँ युवानको बिक्री १८.२९ मा हुँदा खरिद १८.२० रुपैयाँमा भइरहेको छ ।

यता साउदी रियालको बिक्री दर ३१.५४ र खरिद दर ३१.३८ तथा कतारी रियालको बिक्री ३२.४९ र खरिद ३२.३२ रुपैयाँ तोकिएको छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको बिक्री मूल्य ३२.२० रुपैयाँ तोकिँदा खरिद मूल्य ३२.०४ र मलेसियन रिंगटको बिक्री २८.२१ र खरिद २८.०७ रुपैयाँ कायम छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS