नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक लाभांश घोषणा गरेको छ । पहिलो पटक हात खाली नहुनेगरी सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो पटक ८.५ प्रतिशतको लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयर धनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने १ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयर धनीहरुलाई वितरण गरिनेछ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS