काठमाडौँ — अस्वस्थ्य जीवनशैली, उमेर, तौल, धुम्रपान, नुनको अत्यधिक सेवन तथा वंशाणुगत कारणले पनि उच्च रक्तचापको समस्या बढ्दै गएकाे देखिन्छ । उच्च रक्तचाप यस्तो समस्या हो जसले तपाईंको मुटुलाई हानी पुर्‍याउन सक्छ । उच्च रक्तचापबाट विश्वमा १ अर्ब मानिस प्रभावित पार्ने अध्ययनहरूले देखाउँछन् । स्वस्थ्य व्यक्तिको रक्तचाप १२०/८० एमएमएजी हुन्छ । योभन्दा बढी भयो भने उच्च रक्तचाप अथवा हाइपरटेन्सन पनि भनिन्छ ।

रक्तचाप नियन्त्रण नभएको खण्डमा यसले मुटुको समस्या निम्त्याउनुका साथै स्ट्रोक पनि गराउन सक्छ । रक्तचापलाई प्राकृतिक रुपमा पनि नियन्त्रण गर्न सकिन्छ । सबैजसो अवस्थामा औषधि नै खानुपर्छ भन्ने छैन ।

उच्च रक्तचाप नियन्त्रणमा राख्न के के उपाय छन् त?

१. हिँड्नुस् र नियमित व्यायाम गर्नुस्

उच्च रक्तचाप नियन्त्रण गर्न व्यायाम महत्वपूर्ण छ । नियमित व्यायामले तपाईंको मुटुलाई बलियो बनाउँछ । तपाईंले दैनिक ३० मिनेट हिँड्नु भयो भने पनि रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्‍याउने नेशनल वकर्स हेल्थ स्टडी बताउँछ ।

२. नुन कम खानुस्

हामीले विभिन्न प्रशोधित खानाबाट धेरै मात्रामा नुनको सेवन गरिरहेका हुन्छौं । प्रशोधित खानामा धेरै नुन, चिनी, कार्बोहाइड्रेट पाइने हुनाले यसको सेवन कम गर्नुपर्छ । धेरै अध्ययनले नुनको बढी प्रयोगले रक्तचाप बढाउने तथा मुटुको समस्या लगायत स्ट्रोकको समस्या गराउने देखाएका छन् ।

३. मद्यपान नगर्नुस्

मद्यपानले रक्तचाप बढाउँछ । विश्वमा रक्तचाप देखिनेमा १६ प्रतिशत मद्यपान सेवनले हुने तथ्य छ । कुनै अध्ययनले भने थोरै तथा ठिक्क मात्राको मद्यपान सेवनले मुटुलाई फाइदा पुग्ने दाबी गर्छन् तर त्यसमा धेरै वैज्ञानिक वैधता भने छैन । मद्यपानको अत्यधिक सेवनले रक्तचाप बढाएको पाइएकाले रक्सी सेवन नगर्नु नै राम्रो हुन्छ ।

४. तनाव कम गर्नुस्

तनाव उच्च रक्तचापको जड नै हो । तनावमा हुँदा मुटुको धड्कन बढ्ने हुन्छ र यसले रक्तवाहिनीलाई पनि संकुचित बनाइदिन्छ । मान्छेमा धेरै तनाव भयो भने उ अरुतिर मोडिन्छ जस्तै, रक्सी सेवन गर्ने, अस्वस्थ्यकर खाने आदि जसले रक्तचाप बढाउन सहयोग पुर्‍याउँछन् । धेरै अध्ययनले तनाव कम गरेमा रक्तचाप पनि कम भएको देखाएका छन् । तनाव कम गर्न तपाईंले मन परेका संगीत सुन्न सक्नुहुन्छ वा कामको तनाव कम लिनुपर्छ । त्यसैगरी ध्यान तथा लामो श्वास लिने व्यायाम पनि लाभदायक हुन्छन् ।

५. धुम्रपान त्याग्नुस्

धुम्रपान त्याग्नु भनेको सम्पूर्ण शरीरको लागि फाइदाजनक त छ नै मुटु रोगबाट पनि बच्नु हो । सिगरेटको प्रत्येक धुवाँले तपाईको रक्तचाप बढाइरहेको हून्छ । सुर्तीमा रहेको रसायनले तपाईंको रक्तवाहिनीलाई क्षति पुर्‍याउन सक्छ । धुम्रपान त्याग्नु भनेको मुटुका रोग तथा अत्यधिक रक्तचाप बच्नु हो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS