काठमाडौं । त्रिभूवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोण सफल भएको छ । एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्णक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीले जानकारी दिए । ती पुरुषलाई ३१ वर्षीय श्रीमतीले कलेजो दिएकी हुन् ।

प्रत्यारोपणमा सघाउन यसपटक भारतको फोर्टिस अस्पतालका डाक्टर विजय भिजको टोली शिक्षण अस्पताल आएको थियो ।

शिक्षण अस्पतालमा यसअघि पाँच वटा कलेजो प्रत्यारोपण सफल भैसकेको छ । अस्पतालमा डाक्टर रमेश सिंह भण्डारीकै पहलमा कलेजो प्रत्यारोपण सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS