काठमाडौँ — हुवावेकी आर्थिक मामिला प्रमुख मेङ वेनझाउ क्यानडाको तीन वर्षसम्मको हिरासत बसाइपछि चीन फर्किएकी छन् । अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमका अनुसार अमेरिकासँग सम्झौता भएलगत्तै मेङ क्यानडाबाट रिहा भएकी हुन् । तर उनको रिहाइअघि चीनले ३ वर्षदेखि हिरासतमा राखेका दुई क्यानडेली नागरिकहरुलाई रिहा गरेको थियो ।

अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोपमा उनी २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ परेकी थिइन् । क्यानडाले मेङलाई पक्राउ गरेपछि चीनले क्यानेडेली दुई नागरिकलाई पक्राउ गरेको थियो । जसले गर्दा चीन र क्यानडाबीच तनाव थियो ।

शनिबार दक्षिणपश्चिम प्रान्त सेङझेन विमानस्थलमा उनलाई चीन सरकारले भव्य स्वागत गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले प्रसारण गरेका छन् । रातो कार्पेट ओछ्याएर मेङको स्वागत गरिएको चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले प्रसारण गरेको छ । उनको स्वागतका लागि विमानस्थलमा सयौँ समर्थक भेला भएका थिए । रिहाइपछि मेङले अमेरिकी आरोपको खण्डन गरेकी छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS