काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन् । उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन् ।

केन्द्रीय कमिटीको दुई दिन चलेर आइतबार सकिएको बैठकले ओलीको राजनीतिक प्रतिवेदन पास गर्‍यो । तर प्रतिवेदनका केही विषयमा भुसालले विमति सहित फरक मत राखेका छन् ।

उनले संसद् विघटन गर्नु गलत भएको कुरा स्वीकारेर जानुपर्ने,समाजवादी कार्यक्रम के हुने र जबज कसरी कार्यान्वयन हुन्छ भनेर थप व्याख्या आवश्यक रहेको भन्दै आफ्नो फरक धारणा राखेका छन् । ‘कहाँ कहाँ कमजोरी भयो, एकताको प्रक्रियामा सचिवालय र स्थायी कमिटी पनि दोषि छ । फागुन २८ को कदम पार्टी कब्जा गर्ने थियो त्यसको परिणाम हामी अहिले भोगिरहेका छौं’ भुसालले पार्टीको बैठकमा राखेको विमतीमा छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS