नाकमा हाल्ने स्प्रेबाट मोटोपन घटाउन सकिने दाबी लन्डनका वैज्ञानिकले गरेका छन्। आफूहरूले गरेको अनुसन्धानबाट स्प्रेमा रहेको अक्सिटोसिन हर्माेनले मानिसमा धेरै खाने सोचलाई रोक्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन्।

पछिल्ला केही वर्षमा गरिएको अनुसन्धानले मानव निर्मित अक्सिटोसिनले यौन इच्छामा कमी हुने समस्यामा पनि राहत पुग्ने देखिएको वैज्ञानिककाे दाबी छ।​ इम्पेरियल कलेज लन्डन र किंग्सटन युनिभर्सिटीले हालै गरेको अनुसन्धानले उक्त स्प्रेले भोकलाई नियन्त्रण गर्ने देखाएको हाे।

अनुसन्धानका क्रममा ४० जना महिला तथा पुरुषको नाकमा स्प्रे गरिएको थियो। यसपछि उनीहरूलाई खानाको तस्बिर देखाउँदा त्यसप्रति उनीहरूको आकर्षण कम भएको पाइयो। यसले भोक कम गरायो। भविष्यमा यसलाई वजन घटाउन प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन्। एजेन्सी

तपाईको प्रतिक्रिया

RELATED POSTS