भारतको छतरपुरस्थित मन्दिर परिसरमा एक युवती ‘सेकेन्ड ह्यान्ड जवानी…’ बोलको गीतमा नाचेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार भिडिओ जनराय टोरिया मन्दिरको रहेको बताइएको छ।

भिडिओ सार्वजनिक भएपछि यसको विरोध सुरु भएको छ। हिन्दुवादी संगठनदेखि सामाजिक सञ्जालसम्म आपत्ति प्रकट भइरहेका छन्। मन्दिरमा नाच्ने युवतीलाई कारबाही गरिनुपर्ने आवाज पनि उठाइएको छ। यस्तो हर्कतले मन्दिर, मठ तथा आश्रमको बदनाम हुने भन्दै विरोध भइरहेको हो।

त्यसरी मन्दिरमा नाच्ने केटी छतरपुरकी हुन्, उनको नाम आरती साहु हो। आरतीले आफ्नो युट्युब र इन्स्टाग्राम अकाउन्टमा भिडिओ पोस्ट गरेकी हुन्। युट्युबमा उनका २५ लाख फलोअर्स छन्।

नाचेको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोला।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS