स्वास्थ्यको हिसाबले मेवा सधैं फाइदाजनक मानिन्छ । मेवामा फाइबर र एन्टिअक्सिडेन्टको मात्रा बढी हन्छ जसका कारण मधुमेह, मुटुरोग र अल्जाइमर हुँदा समेत खान फाइदाजनक छ । यसबाहेक मेवामा केही विशेष तत्व हुन्छन् जस्तै यसमा ल्यूटिन र जेक्सेन्थिन केरोटिनोयट्स हुन्छन् । यस्तै यसमा भिटामिन सी र भिटामिन इ पनि हुन्छन् जसले प्रतिरोधी बढाउनुका साथै छाला र कपालका लागि पनि यो थुप्रै प्रकारले लाभदायी छ । साथै, यसले आँखाका थुप्रै समस्या पनि रोक्न सक्छ । तर यदि तपाईं खाली पेटमा मेवा खानुहुन्छ भने यसले बढी फाइदा पुर्याउँछ । विशेषगरी, पेट र आन्द्रासँग सम्बन्धित रोगद्वारा ग्रसित मानिसहरुका लागि मेवा खानु थप फाइदाजनक छ । त्यो कसरी ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।

१. पेट फुल्ने समस्यामा फाइदाजनकः

खाली पेट मेवा खाँदा तपाईं पेट फुल्ने समस्याबाट बच्न सक्नुहुन्छ । खराब पाचन भएका मानिसहरुका लागि दैनिक मेवा खान आवश्यक छ । वास्तवमा पेट फुल्ने समस्या थुप्रै पटक तनावका कारण पनि हुनेगर्छ । मेवाले पाचनतन्त्रमाथिको तनाव हटाउँछ र खानालाई तीब्र रुपमा मेटाबोलाइज गर्न मद्दत गर्छ । मेवामा पपेन नामको एन्जाइम हुन्छ जसले खानलाई मसिनो टुक्रा पार्न मद्दत गर्छ र एसिडिटीलाई रोक्छ । साथै, यसका केही एन्टीअक्सिडेन्टले पेट फुल्नबाट रोक्छ ।

२. कब्जियत हटाउँछः

मेवा कब्जियतका बिरामीका लागि रामबाण उपचार हो । यसमा फाइबर हुन्छ जसले बावेल मुभमेन्टलाई तीब्र गराउँछ र दिसालाई नरम बनाउँछ तसर्थ तपाईंलाई बिहान पेट सफा गर्न सहज हुन्छ । यसबाहेक मेवा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ जसले कब्जियतको समस्या रोक्छ र एक स्वस्थ पाचन तन्त्रलाई प्रोत्साहित गर्छ । मेवामा पाइने अर्को एउटा एन्जाइम काइमोपोपेनले मेटाबोलिजममा सुधार ल्याउन सक्छ । यसबाहेक खाली पेटमा मेवा खाँदा अपच, सुन्निने, कब्जियत र पेट खराब हुनेजस्ता पाचन सम्बन्धि थुप्रै समस्या ठिक हुने गर्छ । यदि तपाईं पुरानो कब्जियतबाट छुटकारा पाउन चाहनुहुन्छ भने तपाईं खाली पेट मेवा खानुहोस् ।

३. महिनावारीको पीडा र ब्लोटिङ कम गर्छः

महिनावारी हुँदा पीडा र ब्लोटिङ कम गर्न मेवाले तपाईंलाई सहयोग गर्न सक्छ । वास्तवमा मेवा एन्टिइन्फ्लेमेटरी गुणले भरपुर हुन्छ र महिनावारीका बेला हुने दुखाई र ब्लटिङलाई सहजै कम गर्न सक्छ । यसले ऐठन कम गर्न सक्छ । मेवामा भएको केरोटिन गर्भाशयको संकुचनलाई प्रोत्साहित गर्छ र महिनावारीलाई प्रेरित गर्छ जसका कारण तपाईं अनियमित महिनावारीबाट बच्न सकिन्छ । साथै, केरोटिन एस्ट्रोजन हर्मोनको उत्पादनलाई पनि बढाउने गर्छ जसले महिनावारी र गर्भावस्था दुबैलाई स्वस्थ तरिकाले कायम राख्छ ।

४. मधुमेहमा फाइदाजनकः

मधुमेह बिरामीका लागि खाली पेट मेवा खाँदा निकै फाइदाजनक छ । वास्वतमा, मेवा लो ग्लाइेमिक इन्डेक्स फुड्समध्ये एक हो जसले सुगरलाई कम गर्न मद्दत गर्छ । यो खाली पेटमा खाँदा शरीरमा सुगरको मात्रा अचानक बढ्दैन र दिनभरी यो नियन्त्रणमा रहन्छ । यसलाई खाली पेटमा दैनिक खाँदा मधुमेहका थुप्रै लक्षण कम हुनथाल्छ । यसबाहेक यसले मधुमेहमा कब्जियतको समस्या पनि टाढा राख्छ र गेस्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट डिसफंक्सन पनि रोक्छ ।

५. कोलेस्ट्रोल कम गर्छः

कोलेस्ट्रोल मोटोपना, मधुमेह र मुटुरोगको कारण बन्ने गर्छ । यस्तोमा तपाईंले आफ्नो कोलेस्ट्रोल नियन्त्रण गर्नुहोस् । खाली पेट मेवा खाँदा यसको फाइबर आन्द्रामा जमेको ब्याड कोलेस्ट्रोल र बोसोलाई कम गर्न मद्दत गर्छ । साथै यसले लिपोप्रोटिनको पनि काम गर्छ र हाई कोलेस्ट्रोलका कारण हुने रोगबाट जोगाउने गर्छ ।

साथै, खाली पेट मेवा खाँदा छालालाई पनि फाइदा पुग्छ । वास्तवमा, यसले शरीरलाई डिटक्स गर्न र रगत सफा गर्छ । यसका कारण छालामा प्राकृतिक निखार र चमक आउँछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS