बलिउड अभिनेता धर्मेन्द्र सधैं लाइमलाइटमा रहन्छन् । अभिनेता अहिले पनि आफ्नो व्यवहार र अन्दाजले प्रशंसकमाझ चर्चित छन् । धर्मेन्द्र आफ्नो परिवारसँगको फोटो धेरैजसो सेयर गरिरहन्छन् । पछिल्लो जमानाकी स्टार मुमताज हालै धर्मेन्द्रलाई भेट्न उनको निवास पुगेकी थिइन् । मुमताज धर्मेन्द्रकी सहकर्मी थिइन् । मुमताज आफ्नी बहिनीसँग धर्मेन्द्रलाई भेट्न पुगेकी हुन् ।

यी दुईबीचको भेटघाटको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । यसबाहेक अर्को एउटा तस्बिर पनि भाइरल भइरहेको छ जसमा मुमताजसँग धर्मेन्द्रकी जेठी श्रीमती प्रकाश कौर देखिएकी छिन् ।

धर्मेन्द्रलाई भेट्न पुगिन् मुमताजः

धर्मेन्द्रले इन्स्टाग्राम स्टोरीमा फोटो राखिएका एउटा भिडियो सेयर गरेका छन् जसमा यी अनस्क्रिन जोडीको सुपरहिट गीत ‘मे तेरे इश्कमा मर ना जाउँ कहिँ’ बजिरहेको छ । मुमताजले पनि इन्स्टाग्राममा धर्मेन्द्रसँग आफ्नो एउटा फोटो सेयर गरेकी छिन् जसमा उनी एक अर्कासँग पोज दिइरहेको देखिएका छन् ।

 

प्रकाश कौर पनि देखिइन्ः

स्मरण रहोस्, नायिका मुमताज आफ्नी बहिनीसँग धर्मेन्द्रको जुहूस्थित निवास पुगिन् । यति बेला एउटा फोटो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा धर्मेन्द्र र मुमताजसँग उनकी श्रीमती प्रकाश कौर पनि देखिएकी छिन् । प्रकाश कौरसँग धर्मेन्द्रले सन् १९५४ मा विवाह गरेकी थिइन् । यतिबेला उनी १९ वर्षका मात्रै थिए । त्यसपछि धर्मेन्द्रले दोस्रो विवाह हेमा मालिनीसँग सन् १९८० मा गरे ।

थुप्रै प्रोजेक्टका हिस्सा रहे धर्मेन्द्र–मुमताजः

यस्तै मुमताजसँग धर्मेन्द्रको जोडीको कुरा गर्ने हो भने दुबैको जोडी उत्कृष्ट थियो । दुबैले थुप्रै फिल्ममा सँगै काम गरे र यी दुईमाथि सुपरहिट फिल्म पनि छायांकन गरिएका छन् । यी दुइले ‘झील के उस पार, आदमी र इंसान, लोफर, काजल, मेरे हमदम मेरे दोस्त र चन्दन का पालना’ समेत थुप्रै फिल्ममा सँगै अभिनय गरे ।

तपाईको प्रतिक्रिया

RELATED POSTS