आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेको समस्या तथा चुनौतीबारे छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बुधबार बसेको बैठकले नागरिक उड्डयन प्राधिकरणका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा ५ सदस्यीय छानविन समितिको गठन गरेको हो ।

समितिको सदस्यहरूमा प्राधिकरणकै पूर्व निर्देशक भेषराज सुवेदी, बरिष्ठ क्याप्टेन कृष्ण बहादुर पौडेल क्षेत्री, पर्यटन मन्त्रालयका सि.ए.टि.सि.अ. प्रमोद नेपाल र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहेका छन् । उक्त समितिले हाल हवाई उडानको दौरानमा हुन सक्ने घटना तथा दुर्घटनाबाट जनधनको क्षतिलाई रोक्न प्राधिकरण र सम्बन्धित कम्पनीहरूबाट भईरहेको पिरियोडिक मेन्टेसेन्स, अन्तर्राष्ट्रिय हवाई सुरक्षा नियम (आइकाओ) को मापदण्डको परिपालना लगायतका विषयलाई आधार बनाएर अध्ययन गर्नेछ ।

समिति गठनको मितिले तीन महिना भित्र अध्ययन प्रतिवेदन बुझाइसक्न भनिएको छ । सरकारले छानबिनका लागि ८ कार्यक्षेत्र तथा शर्त समेत तोकेको छ ।

 

 

तपाईको प्रतिक्रिया

RELATED POSTS