नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले बागमती प्रदेशमा कांग्रेसले छोटो समयलाई मुख्यमन्त्री लिन गरेको प्रस्ताव आपत्तिजनक रहेको बताएका छन्।

कांग्रेसले सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) सँग करिब अढाइ महिना बागमतीमा कांग्रेसलाई मुख्यमन्त्री दिन आग्रह गरेको खबर आइरहेका छन्।

यसबारे आज धारणा सार्वजनिक गर्दै कोइरालाले यसो नगर्न भनेका हुन्। यस्तो कार्यले पार्टी कमजोर हुने कोइरालाको भनाइ छ।

वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ। यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ,’ कोइरालाले भने।

संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो भन्ने प्रश्न पनि उनले राखेका छन्। ‘यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु,’ कोइरालाले भनेका छन्।

नेकपा एमाले विभाजित भएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। बागमती सरकार संकटमा परेपछि केन्द्रमा गठबन्धनमा रहेका दलहरूले बागमतीमा पनि नयाँ सरकार बनाउन खोजेका छन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS