काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियानअन्तर्गत शनिवार(भोली) दुई विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा दिने भएका छन् । यो दिन बिरामीहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दुई फरक विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी सेवा पाउने भएका हुन् । नर्भिकका कन्सल्ट्यान्ट ग्यास्ट्रो इन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरी र अर्थोपेडिक कन्सल्ट्यान्ट डा. सगुन जोशीले निःशुल्क ओपीडी सेवा दिनेछन् ।

प्रा.डा. चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म र डा. जोशीले १२ बजेदेखि २ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने नर्भिक अस्पतालले जनाएको छ ।

पाचन प्रणाली, कलेजो, ग्यास्ट्रिक लगायत पेटसँग सम्बन्धित समस्या भएकाले प्रा.डा. चौधरी र हाड जोर्नीसँग सम्बन्धित समस्या भएकाले डा.जोशीको निःशुल्क ओपीडी सेवामा सहभागी भई लाभ उठाउन सक्ने अस्पतालले जनाएको छ ।

नर्भिकले केही महिनाअघिदेखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी सेवा दिने गरेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS