माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने मन्त्रीको नाम आज पनि टुंगो लगाउन बिहीबार पनि असफल भएको छ । सो पार्टीको बिहीबार बसेको समितिको बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने भनिएपनि असफल भएको हो । बैठकपछि संचारकर्मीसँग बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (शुक्रबार) बस्ने पार्टी केन्द्रिय सचिवालयको बैठकले सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिए ।

सत्ता साझेदार दलहरु बीच मन्त्रालय भागबण्डा मिलाउँदा जनता सँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाउँदै आएको छ । अहिले भएको सहमति अनुसार नेकपा एकीकृत समाजवादी पार्टीले शहरी विकास मन्त्रालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने छ भने एक राज्य मन्त्री राख्न पाउने छ ।

यसैबीच समितिको बैठकले पार्टीको विभिन्न विभागमा रहने पदाधिकारी र संख्याबारे भने सहमति जुटाएको छ ।
पार्टीको अनुशासन आयोग,निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरि २५ सदस्य रहने निर्णय गरेको छ । यस्तै बैठकले पार्टी पदाधिकारीमा ४ जना नेताहरुलाई मनोनयन गरेको छ । उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरूमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वासलाई मनोनयन गरिएको हो । यस्तै स्थायी समितिको बैठकले बेदुराम भुसालको नेतृत्वमा रहने ५ सदस्य केन्द्रिय कार्यालय र ११ सदस्य केन्द्रिय सचिवालय बनाउने निर्णय गरेको छ ।

केन्द्रिय सचिवालयलाई स्थायी समितिको बैठक बस्न नसकेको अवस्थामा सचिवालयले गर्ने निर्णयलाई आधिकारिकता दिने निर्णय गरेको खतिवडाले बताए । बैठकले पार्टी संरचनाको विभिन्न निकायमा रहने पदाधिकारी र संख्यालाई पनि टुंगो लगाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS